PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रणवीर र आलियाको 'ब्रह्मास्त्र' को छायांकन सकियो, भदौमा फिल्म रिलिज हुने



पहिलोपोस्ट

रणवीर र आलियाको 'ब्रह्मास्त्र' को छायांकन सकियो, भदौमा फिल्म रिलिज हुने

रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म 'ब्रह्मास्त्र' को छायांकन सकिएको छ। उत्तर प्रदेशको वाराणसीमा अन्तिम सेड्युल रहेको फिल्मको छायांकन सम्पन्न भएको हो।

फिल्मको छायांकन सकिएको अभिनेत्री आलिया भट्टले इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। 'हामीले सन् २०१८ मा फिल्मको सुटिङ सुरू गरेका थियौं। अन्तत: फिल्म ब्रह्मास्त्रको (भाग एक) को छायांकन सकिएको छ,' उनले लेखेकी छिन्।

करण जोहरको धर्म प्रोडक्सनद्वारा निर्माण गरिएको फिल्मलाई अर्यान मुखर्जीले निर्देशन गरेका हुन्। फिल्ममा रणवीरका साथै अमिताभ बच्चन, आलिया भट्ट, नागार्जुन, मौनी रायको अभियन रहनेछ। यो फिल्म आगामी ९ सेप्टेम्बर (भदौ २४) मा रिलिज हुने समेत पक्का भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell