PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भूमिहीनलाई पुर्जा दिन बनाएको फाइल यो सरकारले लुकायो, त्यही फाइल खोज्न देउवा दिल्ली जाँदैछन् : ओली



पहिलोपोस्ट

भूमिहीनलाई पुर्जा दिन बनाएको फाइल यो सरकारले लुकायो, त्यही फाइल खोज्न देउवा दिल्ली जाँदैछन् : ओली

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी समस्या समाधान गर्ने काममा गठबन्धन सरकारले बन्चरो प्रहार गरेको आरोप लगाएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित बहुउद्देश्यीय टावरको उद्घाटन गर्दै ओलीले भूमिहीनलाई पुर्जा दिन एमाले नेतृत्वको सरकारले काम अघि बढाएको तर वर्तमान सरकारले त्यसमाथि पहिलो प्रहार गरेको आरोप लगाएका हुन्।

‘भूमिहीनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके। तर अहिले भन्दै छन् अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रवार दिल्ली जाँदै छन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस्।’ शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ दिल्ली जाँदैछन्। त्यसैलाई लक्षित गर्दै ओलीले यस्तो बताएका हुन्।

एमालेले सरकारको नेतृत्व गरेको समयमा विकास निर्माण, सामाजिक सशक्तीकरणका विभिन्न कार्यक्रम अघि बढाएको ओलीको दाबी छ मन्तव्यको अधिकांश समय स्वास्थ्य, शिक्षा, पर्यटन विकासका योजना तथा तिलोत्तमा नगरपालिकाले गरेका नमुना कामको प्रशंसा गरेका उनले नगरपालिकाले संचालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनु पर्नेमा जोड समेत दिए।

आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उनले भान्सालाई औषधालयको रूपमा विकास गर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए। लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवर्द्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरू प्रशंसनीय रहेकोउनको दाबी छ। नगरपालिकालेका गरेका कार्यहरुबाट नियमित आम्दानी बढ्ने उनले उल्लेख गरे।

उपलब्ध स्रोत साधनलाई नयाँपन र राम्रो बनाए पर्यटन प्रवर्द्धन गर्न सकिने ओलीको भनाइ छ। ‘हिमाललाई हामीले फोहोर नगरे मात्र हुन्छ। अब हाम्रो भान्सामा विषादीयुक्त खाना नपुगोस् भन्ने अठोट गर्नुहोस्। अब यसमा ध्यान दिऔँ, चिन्तनमै फरक ल्यायौँ भने हामीले सुरु गरेका विकासका कामबाट केही समयमै देश कायापलट हुन्छ,’ उनले भने।

नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हुने बताए। नगरपालिकाकी उपप्रमुख नागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell