PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

तारिकमा छोड्न मागसहित अभिनेता पल शाह उच्च अदालत पुगे



पहिलोपोस्ट

तारिकमा छोड्न मागसहित अभिनेता पल शाह उच्च अदालत पुगे

काठमाडौं : जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत कास्की पुगेका छन्। आज उच्च अदालत कास्कीमा तारिकमा रिहा गरेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्।

'उहाँको पक्षबाट निवेदन दर्ता भइसकेको छ। अब थप बुझेर कारबाही अगाडि बढ्ने छ,' उच्च अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले भने। शाहले आफूलाई तारिकमा छोडेर मुद्दा लड्न पाउनुपर्ने भन्दै अदालतमा निवेदन दिएका हुन्।

चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। यस्तै शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।

शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ। निवेदन दर्ता भएपछि अब अदालतले आवश्यक देखिएमा कैफियत प्रतिवेदन मगाएर अध्यायन गरेपछि शाहलाई तारिकमा छोड्ने वा जिल्लाकै आदेश सदर गर्ने भन्ने आदेश गर्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell