PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एन्फा अध्यक्षमा उम्मेदवार बन्न १५ हजार बुझाउनुपर्ने, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको लागि १० हजार



पहिलोपोस्ट

एन्फा अध्यक्षमा उम्मेदवार बन्न १५ हजार बुझाउनुपर्ने, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको लागि १० हजार

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को २० औं कंग्रेसले (विशेष साधारण सभा) पाँचवटा निर्णय गरेको छ। आज सानेपामा सम्पन्न विशेष साधारण सभामा निर्वाचन समिति, निर्वाचन पुनरावलोकन समितिलगायत निरीक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ।

एन्फाका अनुसार श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति, विष्णु लुइटेलको संयोजकत्वमा निर्वाचन पुनरावलोकन समिति रहनेछन्। यसअघि माघ २० मा बसेको कार्यसमितिको बैठकले निर्वाचन समिति गठन गर्न अध्यक्षको प्रस्ताव अनुसार अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्य दामोदर भट्टराई त्यस्तै वैकल्पिक सदस्यमा अधिवक्त सरस्वती श्रेष्ठ र प्रीति राईलाई निर्वाचन समितिमा मनोनयन गर्न २० औं साधारणसभामा निर्णयार्थ पेश गर्ने निर्णय गरेको थियो। जसलाई आजको साधारण सभाले सदर गरेको हो।

त्यस्तै निर्वाचन पुनरावेदन समिति गठन गर्न विष्णु लुइटेलको संयोजकत्वमा समिति गठन गरी एन्फाको साधारण सभामा निर्णयार्थ पेश गर्ने निर्णय गरेको थियो। यसलाई पनि साधारण सभाले पारित गरेको छ।

एन्फा निर्वाचको सम्बन्धमा अध्यक्षका लागि १५ हजार, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको सन्दर्भमा १० हजार र सदस्यका लागि ५ हजार शुल्क तोक्ने निर्णय बहुमतले पारित गरेको एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell