PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

शनिवार देउवा र मोदीले संयुक्त रुपमा कुर्था-जयनगर रेल उद्घाटन गर्ने



पहिलोपोस्ट

शनिवार देउवा र मोदीले संयुक्त रुपमा कुर्था-जयनगर रेल उद्घाटन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार भारत जाँदैछन्। तीनदिने भ्रमणका क्रमका नयाँ दिल्लीबाटै उनले भर्चुअल माध्यमबाट कुर्था-जयनगर रेल उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्तरुपमा रेल सेवाको उद्घाटन गर्ने तयारी भएको हो।

रेल्वे अध्यादेश जारी भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको रेल्वे विभागका महानिर्देशक दिपक कुमार भट्टराइले बताए। उनको भनाइ अनुसार प्रधानमन्त्री देउवाले आगामी चैत १९ गते रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। देउवा १८ गते नयाँ दिल्ली पुग्दैछन्।

लामो समयदेखि रेल संचालनका लागि कानुन नहुँदा रेल संचालन अन्योलमा परेको थियो तर सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा संचालनको तयारी गरिएको हो।

फागुनदेखिनै जयनगर-जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक संचालन भइरहेकामा हाल भने चैतमा भने दिन बिराएर मात्र चल्न थालेको छ।

भट्टराइका अनुसार प्राविधिकरूपमा सबै तयारी भइसकेको छ। कर्मचारी नियुक्त भएर काममा खटिएका छन्। भाडादर पनि निर्धारण भइसकेको छ। जनकपुर-कुर्था-जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० रुपैयाँदरेखि ३०० रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell