PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

चिनियाँ विदेश मन्त्रीको भ्रमणमा तयारी पुगेन : बीआरआई परियोजनामा 'एल्लो लाइट', ग्रिन लाइट बलेपछि हस्ताक्षर हुन्छ



पहिलोपोस्ट

चिनियाँ विदेश मन्त्रीको भ्रमणमा तयारी पुगेन : बीआरआई परियोजनामा 'एल्लो लाइट', ग्रिन लाइट बलेपछि हस्ताक्षर हुन्छ

काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा बीआरआई परियोजना अन्तर्गतका कुनै पनि परियोजना अगाडि बढेनन्। परियोजना अगाडि बढाउनका लागि नेपालको पर्याप्त तयारी नपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलवार पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परियोजनाका क्षेत्रमा तयारीका लागि पर्याप्त समय नपुगेको बताएकी हुन्। 

'ट्राफिक लाइटको भाषामा भनौँ न अहिले एल्लो लाइट बल्यो, ग्रिन लाइट बलेको छैन। ग्रिन लाइन बलेपछि अगाडि बढ्ने हो। त्यसपछि हस्ताक्षर हुन्छ,' उनले भनिन्, 'दुई देशका अधिकारीबिच तयारी र छलफल पछि दुवैपक्षको सहमति पछि अन्तिममा प्रस्तावमा हस्ताक्षर हुन्छ। अहिले त्यसका लागि पर्याप्त समय भएन। ड्राफ्टका लागि समय लाग्छ। इन्टरनेशनल कन्सलटेशनका लागि समय भए। एउटा देशले पठाएको ड्राफ्टमा अर्को देशले ओके गरेपछि हस्ताक्षर हुने हो।'

उनले बीआरआई परियोजनालाई अगाडि बढाउनका लागि 'लाइन मिनिस्ट्री'ले काम गरिरहेको बताइन्। 

बिम्स्टेकमा सम्मेलनमा चार दस्तावेजमा हस्ताक्षर हुँदै

यसैबिच बिम्स्टेक शिखर सम्मेलनका क्रममा विभिन्न चारवटा दस्तावेजमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिइन्। सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री नारायण खड्का हाल श्रीलंकाको राजधानी कोलम्बोमा छन्। सम्मेलन अन्तर्गतको मन्त्रिस्तरीय बैठकमा खड्काले आज सम्बोधन गरेका छन्। सम्मेलनमा भर्चुअल रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

मन्त्री खड्काले भारतीय समकक्षीसँग पनि साइडलाइन भेटवार्ता गरिसकेका छन्।सो सम्मेलनमा बिमेस्टेकको वडापत्र, आपराधिक मामिलामा आपसी कानूनी सहायता सम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कुटनीतिक तालमेलका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमेस्टेक समझदारी पत्र गरी चारवटा दस्तावेजहरुमा हस्ताक्षर हुने उनले जानकारी दिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell