PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पपुवा न्युगिनीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी



पहिलोपोस्ट

पपुवा न्युगिनीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी
Photo: CAN

काठमाडौं: नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको दोस्रो खेलमा पनि पपुवा न्युगिनीले हार ब्यहोरेको छ। पहिलो खेलमा नेपालसँग पराजय ब्यहोरेको पीएनजीले लगातार दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी १९.३ ओभरमा १७२ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको मलेसियाका लागि विरनदीप सिंहले अर्धशतकीप पारी खेल्दै सर्वाधिक अविजित ५९ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका कप्तान अहमेद फइजले ३७ बलमा ५६ रन बनाए। त्यस्तै सइद अजिजले ४७ रन जोडे।

बलिङतर्फ पीएनजीका नोर्मन भनुवाले २ विकेट लिँदा नोसैनाले पोकनाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजीका टोनी उराले सर्वाधिक ५६ रन बनाउँदा नोर्मन भउनाले ४५ रन बनाए पनि लक्ष्यसम्म पुग्न त्यो पर्याप्त रहेन।

बलिङतर्फ मलेसियाका श्रवण मुनिएण्डीले ४ विकेट लिँदा मोहम्मद वफिक र पवनदीप सिंहले समान ३ विकेट लिए।

बुधवार नेपाल र मलेसिया प्रतिस्पर्धामा उत्रने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell