काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलमा श्रीलंकाको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबिच भेटवार्ता भएको छ।
त्यस अवसरमा उनीहरूबिच नेपाल-भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो। आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।