PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कूटनीतिक सम्बन्ध बढाउँदै परराष्ट्र, तर नियोग खाली



पहिलोपोस्ट

कूटनीतिक सम्बन्ध बढाउँदै परराष्ट्र, तर नियोग खाली

काठमाडौं : कुटनीतिक नियोगमा राजदूतहरु नियुक्त गर्न नसकेको परराष्ट्रले कुटनीतिक सम्बन्ध स्थापनालाई भने अगाडि बढाइरहेको छ। हाल नेपालका डेढ दर्जन कुटनीतिक नियोगहरु प्रमुख बिहीन छन्। तर, यसबिच नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १७५ पुर्‍याएको छ। 

यही मार्च पछिल्लो साता मात्र नेपालले थप दुईवटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलन गर्दै मार्च २१ मा पलाउ गणतन्त्र र मार्च २८ मा दक्षिण सुडानसँग कुटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिइन्। 

पलाउ वेस्ट्रन प्यासिफिक क्षेत्रको टापु राष्ट्र हो। ४५९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस देशमा १८ हजार  २३३ जनसंख्या रहेको छ। १९९४ मा राष्ट्र संघको सदस्यको मान्यता पाएको थियो। 

पलाउको आफ्नै स्वतन्त्र सेना छैन। यसको सुरक्षा अमेरिकी सेनाले गर्दै आएको छ। यो देशको अन्तर्राष्ट्रिय राजनीतिमा पलाउ सँधै अमेरिकासँगै हुन्छ। राष्ट्रसंघमा अमेरिकाले जता मतदान गर्छ उसले पनि त्यहीँ मतदान गर्छ। अर्को कुरा पलाउसँग चीनको कुटनीतिक सम्बन्ध छैन। पलाउले 'रिपव्लिक अफ चाइना (ताइवान)'सँग कुटनीतिक सम्बन्ध राख्छ। ताइवान राष्ट्र संघको सदस्य होइन्। चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रुपमा लिन्छ।

पलाउमा अष्ट्रेलिया, जापान र अमेरिकाका राजदूतसहित ताइवानले पनि दूतावास खोलेको छ। फिलिपिन्सले पनि सन २०१२ मा पलाउको दूतावास बन्द गरेको छ। हालसम्म पलाउले नेपालसहित ९४ देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ। 

त्यस्तै नेपालले दक्षिण सुडानसँग मार्च २८ मा कुटनीतिक सम्बन्ध स्थापना गरेको थियो। दक्षिण सुडान सन २०११ मा सुडानबाट छुट्टिएको राष्ट्र हो।

यसले सन् २०११ मै राष्ट्र संघको मान्यता पाएको थियो। ६ लाख ४४ हजार ३२९ वर्गकिलोमिटर क्षेत्रफल रहेको यसको जनसंख्या एक करोड २७ लाख  बढी जनसंख्या छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell