PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कर्मा अभिनित फिल्म ‘षट्कोण’ बैशाख २३ गते प्रदर्शन हुने



पहिलोपोस्ट

कर्मा अभिनित फिल्म ‘षट्कोण’ बैशाख २३ गते प्रदर्शन हुने

काठमाडौं : कर्मा शाक्यको मुख्य भूमिका रहेको फिल्म ‘षट्कोण’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ।

फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता कर्मालाई देख्न सकिन्छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मिलन डि काप्रिको निर्देशन रहेको छ।

निर्देशक काप्रिले यस फिल्मबाट नै निर्देशनमा डेब्यू गरेका हुन्। कोरोना महामारी अगाडि नै निर्माण भएको फिल्मको सम्पूर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रिले जानकारी दिए।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्। फिल्ममा कर्माका साथै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ।

आङ्चेन लामाको छायाङ्कन रहेको फिल्मलाई सागर खनाल र निर्देशक काप्रिले सम्पादन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell