PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

नेपालबाट चोरिएर विदेश पुर्‍याइएका ७९ सम्पदा फिर्ता



पहिलोपोस्ट

नेपालबाट चोरिएर विदेश पुर्‍याइएका ७९ सम्पदा फिर्ता
कुमारी घरबाट चोरिएको तोरन र मञ्जुश्री मन्दिरको मूर्ति केही हप्ताअघि बेलायतले नेपाललाई हस्तान्तरण गरेको थियो

काठमाडौं : विदेश पुर्‍याइएका ७९ सम्पदाहरु नेपाल फिर्ता ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपालबाट विदेश पुर्‍याइएका नेपालका सम्पदाहरुलाई फिर्ता ल्याइएको जानकारी दिइन्। 

जसमध्ये तिब्बतबाट २८, कोलकत्ता १३, बेलायतबाट १९, अमेरिकाबाट १७,म अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको उनले जानकारी दिइन्। विभिन्न संघ संस्थाको सहयोगमा यी सम्पदाहरु फिर्ता ल्याइएको हो।

यसैबिच बेलायत, फ्रान्स र जर्मनीमा लिलामीमा राखिएका नेपाली सम्पदातको लिलामी प्रक्रिया रोकिएकोसमेत प्रवक्ता लाम्सालले बताइन्। पुरातत्व विभागले पर्याप्त प्रमाणहरु जुटाए पछि ती सम्पदाको पनि नेपाल फिर्ता ल्याइने उनले जानकारी दिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell