PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, के होला चुनावी तालमेलबारे निर्णय ?



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, के होला चुनावी तालमेलबारे निर्णय ?

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको हो।

समितिको बैठक बस्नुअघि पदाधिकारी र पूर्व पदाधिकारीहरु छलफलमा बसेका थिए।

शुक्रवारबाट जारी बैठकमा आसन्न स्थानीय तह निर्वाचन, गठबन्धनबिच तालमेल लगायतका विषयमा केन्द्रित छ।

केन्द्रीय समितिको बैठकमा आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्छ भनेर अधिकांशको सुझाव आएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। केहीले भने एक्लै निर्वाचन लड्नु पर्नेमा जोड दिएको उनले बताए।

सोमबारको बैठकमा महामन्त्री गगन थापा र शेखर कोइराला र उनका समूहका नेताहरुले गठबन्धनको विपक्षमा मत राखेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनबिच तालमेल गरे अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका थिए।

चुनावमा तालमेलबारे आजको बैठकले निर्णय गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell