PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त



पहिलोपोस्ट

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा भण्डारीले श्रेष्ठलाई न्यायाधीश नियुक्त गरेकी हुन्। 

श्रेष्ठलाई मंगलबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। अनुमोदन लगत्तै उक्त जानकारी न्याय परिषद् पठाइएको थियो।  

उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा कार्यरत श्रेष्ठलाई फागुन २६ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell