PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

राप्रपा मकवानपुरका अध्यक्ष सापकोटासहित ७८ जनाले गरे कमल थापालाई साथ दिने निर्णय



पहिलोपोस्ट

राप्रपा मकवानपुरका अध्यक्ष सापकोटासहित ७८ जनाले गरे कमल थापालाई साथ दिने निर्णय

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन्। मंगलबार वक्तव्य जारी गर्दै पार्टीमा सैद्धान्तिक विचलन आएको भन्दै राप्रपामा अघि बढ्न नसक्ने जनाइएको छ।  

वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको समेत उल्लेख छ। थापालाई अभिभावक भन्दै राप्रपा नेपालमा समाहित हुने प्रतिवद्धता वक्तव्यमा उल्लेख छ।

वक्तब्यमा ७८ जना नेताहरुको नाम छ।

जसमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश अध्यक्ष, नगर र गाउँपालिकाका अध्यक्ष तथा जनवर्गीय संगठनका प्रमुखको नाम उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell