PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

बैंकिङ कसुरमा दोषी ठहर काजी गुरुङ पक्राउ



रासस

बैंकिङ कसुरमा दोषी ठहर काजी गुरुङ पक्राउ
फाइल फोटो

काठमाडौँः प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनले ४० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका स्याङ्जा आँधीखोला गाउँपालिका ४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र रु ४० लाख जरिवाना गरेपछि फरार गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ गुरुङले एभरेष्ट बैंक लिमिटेड गोङ्गबु शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम फैसला सुनाएको थियो। गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell