PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दुर्घटनामा एमाले ढोरपाटन नगर कमिटी अध्यक्ष पौडेलको मृत्यु



रासस

दुर्घटनामा एमाले ढोरपाटन नगर कमिटी अध्यक्ष पौडेलको मृत्यु
प्रतीकात्मक तस्विर

बलेवाः बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु १ च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका -२ थारुखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा परी ढोरपाटन १ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। पौडेल नेकपा (एमाले) ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन्। दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ। घाइतेको उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै गरेको हवारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell