PahiloPost

Jul 3, 2024 | २० असार २०८१

हैदराबादमाथि राजस्थानको सानदार जित



पहिलोपोस्ट

हैदराबादमाथि राजस्थानको सानदार जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि सानदार जित निकालेको छ। महाराष्ट्र क्रिकेट स्टेडियम पुणेमा सम्पन्न खेलमा राजस्थानले हैदराबादमाथि ६१ रनको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १४९ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको राजस्थानका लागि कप्तान सञ्जु सामसनले २७ बलमा ५ छक्का र ३ चौकाको सहायतामा ५५ रन बनाउँदा देबदत्त पार्डिकलले ४१ रन बनाए। त्यसअघि ‌ओपनर द्वय जोस बट्लर र यशस्वी जशवालले क्रमश ३५ र २० रन बनाएका थिए। त्यस्तै आक्रामक ब्याटिङ गरेका शिमरोन हेटमायरले १३ बलमा ३२ रन बनाउँदा रियान पराग १२ रनमा अविजित रहे।

बलिङतर्फ हैदराबादका टी नटराजन र उमरन मलिकले समान २ विकेट लिँदा भुवनेश्वर कुमार र रोमरियो शेपार्डले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादको सुरुवात नै राम्रो हुन सकेन। ओपनर केन विलियमसनलाई २ रनमा र अभिशेक शर्मालाई ९ रनमा गुमाएको हैदराबादले राहुल त्रिपाठी र निकोलश पुरनलाई शुन्य रनमै गुमाएको थियो। त्यस्तै अब्दुल समद ४ रन बनाएर पेभेलियन फर्किँदा रोमरियो सेपार्डले २४ रन बनाए। हैदराबादालाई सम्मानजनक योगफलतर्फ लैजान एइडन मारक्रमले सर्वाधिक अविजित ५७ रन बनाउँदा वासिंटन सुन्दरले १४ बलमा ४० रनको योगदान दिए।

बलिङतर्फ युजवेन्द्र चहलले सर्वाधिक ३ विकेट लिँदा ट्रेन्ट बोल्ट र प्रसिद कृष्णले समान २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell