
नर्थ म्यासेडोनियालाई हराउँदै कतार विश्वकपमा पोर्चुगलले स्थान सुरक्षित गरेको छ। गएराति सम्पन्न प्लेअफको फाइनलमा नर्थ म्यासेडोनियामाथि २-० जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गरेको हो।
पोर्चुगलस्थित स्टेडियो डो ड्रागाओमा सम्पन्न खेलमा घरेलु टोलीले जित निकाल्दै विश्वकपमा स्थान पक्का गर्यो। पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दोहोरो गोल गरे। उनले खेलको खेलको ३२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको र ६५ औं मिनेटमा डिएको जोटाको पासमा गोल गर्दा युरो कप विजेता इटलीलाई हराउँदै विश्वकप छनोटको तयारीमा रहेको नर्थ म्यासेडोनियालाई पोर्चुगलले हराएको हो।
गएराति नै सम्पन्न अर्को खेलमा स्वीडेनलाई हराउँदै पोल्याण्डले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोबर्ट लेवान्डोस्कीले पोल्याण्डलाई अग्रता दिलाएका थिए भने दोस्रो गोल पिओट्र जेइलेन्स्कीले ७२ औं मिनेटमा गरेका थिए।