PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

त्रिदेशीय सिरिज: मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल



पहिलोपोस्ट

त्रिदेशीय सिरिज: मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल
फाइल फोटो क्यान

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्।

मलेसियासँगका पछिल्ला पाँच खेलहरुमा नेपालले ४ वटामा जित र १ वटामा पराजय ब्यहोरेको छ। २०२० मा एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले मलेसियासँग २२ रनको पराजय ब्यहोरेको थियो। त्यसयता नेपालमै २०२१ मा भएको नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको दुईवटै खेलमा नेपालले मलेसियालाई हराएको थियो। त्यसयता मलेसियाले अन्य प्रतियोगिता खेलेको छैन भने नेपालले विश्वकप छनोट र एकदिवसीय क्रिकेटका खेलहरु खेलिसकेको छ।

जारी त्रिदेशीय सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले अवस्था जस्तो भए पनि कमजोर आँक्न नमिल्ने बताए।

'ब्याटिङ गर्नका लागि राम्रो विकेट छ। मलाई लाग्छ अझै १०/१५ रन अझ कुल रनमा कमी रह्यो तर त्यो रन पनि कम होइन्। हामी सबैको ड्रिममा यो त्रिदेशीय सिरिज जित्ने। जसअनुसार सुरुवात राम्रो हुन सक्यो,' लामिछानेले भने, 'मैले बुझेसम्म उनीहरुले पछिल्लो समय हामीसँग खेलेयता कुनै कम्पिटेटिभ क्रिकेट खेलेका छैनन्। तर, हामीले शुन्यबाटै शुरु गर्नुपर्ने हुन्छ।'

कीर्तिपुरको मैदानबारे उनले भने: ब्याटिङका लागि विकेट एकदमै राम्रो छ। हाम्रो पनि पछिल्लो समय ब्याटिङ तलमाथि भइरहेको थियो तर नेपाल आउनेबित्तिकै ब्याटिङमा राम्रो सेप भएको छ।

सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीमाथि १५ रनको जित निकालेको थियो। मलेसियाले पनि पपुवा न्युगिनीमाथि ८ रनको जित निकाल्दै सुखद सुरुवात गरिसकेको छ। खेल दिउँसो साढे १२ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell