PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु



रासस

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौं : गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेष्याको आज बिहान ८:३० बजे टिपरको ठक्करबाट मृत्यु भएको हो।

घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ। सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell