PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

कर्णालीमा ६९ प्रतिशतलाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप



रासस

कर्णालीमा ६९ प्रतिशतलाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप
फाइल फोटो।

सुर्खेत : कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए।

हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ। कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ।

पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ। हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell