PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

अशान्त इजरालय : एक हप्तामा तीनवटा आक्रमण, ११ जनाको मृत्यु



पहिलोपोस्ट

अशान्त इजरालय : एक हप्तामा तीनवटा आक्रमण, ११ जनाको मृत्यु

इजरायलको तेल अभिभमा भएको आक्रमणमा पाँचजनाको मृत्यु भएको छ। एकै हप्तामा तेल अभिभमा तेस्रोपटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

यहुदी बाहुल्य क्षेत्रमा एक बन्धुकधारीले गोली चलाएका थिए। एक व्यक्तिको शव कारमा र अन्य दुईजनाको शव सडकको किनारमा भेटिएको थियो। प्रहरीको कारवाहीमा आक्रमणकारीको मृत्यु भएको छ।

गत आइतवार र मंगलवार भएको छुट्टाछुट्टै आक्रमणमा ६ जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायली सुरक्षाकर्मीहरु ‘हाइअलर्ट’मा थिए।

इजरायली मिडियाका अनुसार आक्रमण गर्ने व्यक्ति २७ वर्षीया प्यालेन्टाइनी युवा हुन्। प्यालेस्टाइन सरकारले पनि उक्त आक्रमणको विरोध गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell