PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो



पहिलोपोस्ट

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो

काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ।

जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम मंगलबार उच्च अदालत कास्की पुगेर निवेदन दिएका थिए।

चैत १० गते न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। यस्तै शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।

शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ। निवेदन दर्ता भएपछि अब अदालतले आवश्यक देखिएमा कैफियत प्रतिवेदन मगाएर अध्यायन गरेपछि शाहलाई तारिकमा छोड्ने वा जिल्लाकै आदेश सदर गर्ने भन्ने आदेश गर्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell