काठमाडौं : ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’को लागि आवेदन फर्म खुल्ला गरिएको छ। टुँडिखेलमा चैत्र २५ देखि ३० सम्म हुन लागेको ‘खुल्ला लोक दोहोरी प्रतियोगिता’को लागि आवेदन खुल्ला गरिएको हो।
प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले नगद २ लाख रुपैयाँ पाउँनेछन्। चौथो हुनेलाई सान्त्वना पुरस्कार स्वरुप १ लाख दिइनेछ। त्यसैगरी, उत्कृस्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन्।
टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन्। विभिन्न सम्मानसहितको साँस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ।
आयोजक संस्था डीएआर मुभिजले यसअघि २०७६ सालमा राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो। विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम गरिने आयोजकले जनाएको छ।