PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड



पहिलोपोस्ट

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ।

पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक नन्दीनी लाहे थापाले जानकारी दिए। पीएफसीएफले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिँदै आएको सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले बताए।

संगीत शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको पीएफसीएफका सह संस्थापक विलियम औराले बताए।

सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पुयाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ। दुबै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुने बोर्डले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell