PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

माधव नेपाललाई दुर्गा प्रसाईको चुनौती : एक्लै उठेर एक सिटमात्र जित्‍नुस्, मेरो सबै सम्पत्ति तपाईँको नाममा गर्दिन्छु



पहिलोपोस्ट

माधव नेपाललाई दुर्गा प्रसाईको चुनौती : एक्लै उठेर एक सिटमात्र जित्‍नुस्, मेरो सबै सम्पत्ति तपाईँको नाममा गर्दिन्छु

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी वा माओवादी केन्द्रले एक सिटमात्र ल्याए आफ्नो सम्पूर्ण सम्पत्ति उक्त पार्टीकै नाममा गरिदिने दावी गरेका छन्।

आज भक्तपुरको सूर्यविनायक नगरपालिकामा तरकारी बजारको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्। उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाट नै अन्य पार्टीलाई गाली गर्दै प्रसाईँले मन्तव्यको अन्त्यतिर एस पार्टीको नाम तोकेर गठबन्धन बाहेक चुनावमा एक सिट मात्र ल्याए आफ्नो सबै सम्पत्ति परित्याग गएर भारतको बिन्द्रावन गएर बस्ने बताएका हुन्।

'अरूको त भन्दिन, माओवादी र अर्को एस कि के भन्ने नक्कली कम्युनिस्ट पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एकमात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर बिन्द्रावन जानेछु,' नेता प्रसाईँले भने।

उनले आफ्नो यही भनाइलाई प्रमाण मानेर दावी लिए पुग्ने समेत बताए। प्रसाईँले सूर्यबिनायकमा ४४ सय मानिसलाई रोजगारी हुने गरी थोक तरकारी बजार सञ्चालनमा ल्याएको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell