PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रचण्डले भने : भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी रहन्छ



पहिलोपोस्ट

प्रचण्डले भने : भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी रहन्छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुको दाबी रहेको बताएका छन्।

बुधवार चितवन पुगेका प्रचण्डले गठबन्धनबिच तालमेलबारे कुरा गर्दै भरतपुर महानगरमा माओवादी केन्द्रको दाबी रहने बताएका हुन्। हाल भरतपुर महानगरपालिकको प्रमुखमा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहाल छिन्।

प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बिचमा केन्द्र तहबाट नै तालमेल हुने दाबी समेत गरे। उनले कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बिचमा आवश्यकताअनुसार तालमेल हुने प्रष्ट भइसकेको बताए। कांग्रेसले स्थानीय तहको आवश्यकता अनुसार निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेको छ।

भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं।’

प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell