PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भक्तपुरको कुन नगरमा कति छन् मतदाता ?



पहिलोपोस्ट

भक्तपुरको कुन नगरमा कति छन् मतदाता ?

काठमाडौं : भक्तपुरमा १८ वर्ष उमेर पुगेर मतदान गर्न अधिकार प्राप्त मतदाताको संख्या एक लाख ८९ हजार ५८४ पुगेको छ। भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसिले जिल्लामा भक्तपुर नगरपालिकामा पुरुष २७ हजार ६५६, महिला २९ हजार ६१४ गरी कूल ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा पुरुष २२ हजार ९८०, महिला २४ हजार ३८५, तेस्रो लिङ्गी दुई गरी कूल ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष, २२ हजार सात महिला गरी कूल ४३ हजार १०५ मतदाता पुगेको जानकारी दिए।

त्यसैगरी निर्वाचन कार्यालयले भक्तपुरमा कूल ७७ मतदानस्थल र २१९ वटा मतदान केन्द्र निर्धारण गरेको छ। जसमा भक्तपुर नगरपालिकामा १६ मतदानस्थल र ६२ वटा मतदान केन्द्र, चाँगुनारायण नगरपालिकामा २१ मतदानस्थल र ५३ वटा मतदान केन्द्र, सूर्यविनायक नगरपालिकामा २३ मतदानस्थल र ५८ वटा मतदान केन्द्र र मध्यपुरथिमि नगरपालिकामा १७ मतदानस्थल र ४६ वटा मतदान केन्द्र निर्धारण गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell