PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

नेपाललाई मलेसियाको १ सय १५ रनको लक्ष्य

नेपाललाई मलेसियाको १ सय १५ रनको लक्ष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनाएको हो।

पहिलो बलमै विरनदीप सिंहलाई गुमाएको मलेसियाका लागि अर्का ओपनर जुबैदी जुलकिफ्लेले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कप्तान अहमेद फैजले २४ रन बनाउँदा सइद अजिजले १४ तथा मोहम्मद अमिरले १६ रन जोडे।

बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिँदा अभिनास बोहोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १ विकेट लिए।

नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell