PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अभिनेता पल शाह प्रकरणमा उच्च अदालतल माग्यो कैफियत प्रतिवेदन



पहिलोपोस्ट

अभिनेता पल शाह प्रकरणमा उच्च अदालतल माग्यो कैफियत प्रतिवेदन

काठमाडौं : तारिकमा रिहको माग गर्दै अभिनेता पल शाहले दिएको निवेदनको आज चढेको पेशीमा न्यायधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको थियो। मुद्दाको अवस्था बुझ्‍नका लागि जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन माग गरिएको हो।

जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम मंगलबार उच्च अदालत कास्की पुगेर निवेदन दिएका थिए।

चैत १० गते न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले थुनछेक बहसपछि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। यस्तै, शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ।

शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell