PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विल स्मिथले हानेको एक थप्पडले बढ्यो क्रिस रकको 'क्रेज', दर्शकले धमाधम काट्न थाले कमेडी शोको टिकट



पहिलोपोस्ट

विल स्मिथले हानेको एक थप्पडले बढ्यो क्रिस रकको 'क्रेज', दर्शकले धमाधम काट्न थाले कमेडी शोको टिकट
Photo : reuters

गत आइतवार राति सम्पन्न भएको अस्कर अवार्ड समारोहमा अभिनेता विल स्मिथले स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकलाई थप्पड हाने। आफ्नी श्रीमती जाडा पिंकेटबारे ठट्टा गरेपछि स्मिथले स्टेजमै पुगेर रकलाई थप्पड हानेका थिए।

त्यही एक थप्पड पछि भने क्रिम रकको चर्चा चुलिएको छ। अस्करको उक्त घटनापछि स्ट्यान्ड अप कमेडियनसमेत रहेका रकको कमेडी हेर्न चाहने मानिसको संख्या हवात्तै बढेको छ। रकका आगामी कमेडी शोहरूको टिकट बुकिङ असामान्य तरिकाले बढेको छ। सेड्युलमा रहेका शोहरु हाउसफुल हुनुको कारण त्यही थप्पडलाई मानिएको छ।

टिकट मार्केटप्लेस, टिकपिकले रकको इगो डेथ टुरको बिक्री अस्कारको घटनापछि बढेको बताएको हो। टिकपिकले आइतवार रातीदेखि बिक्रीमा भएको वृद्धिको बारेमा जानकारी दिएको हो। गत महिनाको तुलनामा क्रिस रकको शो हेर्नको लागि धेरै टिकटहरू बिक्री भएको बताइएको छ। अमेरिकी टिकट बिक्रेता स्टबहबका अनुसार थप्पड कान्डको ४८ घण्टामा टिकट बिक्री २५ गुणाले बढेको छ।

अस्करमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका स्मिथले उक्त घटनाबारे पछि माफी समेत मागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell