PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

स्थानीय निर्वाचनमा दुईवटा गठबन्धन बन्ने झलनाथ खनालको दाबी



पहिलोपोस्ट

स्थानीय निर्वाचनमा दुईवटा गठबन्धन बन्ने झलनाथ खनालको दाबी

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन्।

उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने अनुमान गरेका छन्।

‘यहाँ गठबन्धन-गठबन्धन बन्ने खालको स्थिति छ। हामी पाँच दलिय गठबन्धनमा छौँ। अब अर्को पनि गठबन्धन चार दलिय गठबन्धन बन्छ कि। त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ’ उनले भने।

खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको दाबी गरे। आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell