PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मधेश प्रदेश : प्रदेशसभामा पुगेन गणपुरक संख्या, भोलिसम्मलाई बैठक स्थगित



पहिलोपोस्ट

मधेश प्रदेश : प्रदेशसभामा पुगेन गणपुरक संख्या, भोलिसम्मलाई बैठक स्थगित

जनकपुरधाम : मधेश प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ। प्रदेश सांसदहरुको उपस्थिति न्यून भएपछि प्रदेशसभाको बैठकमा गणपुरक संख्या नपुग्दा आजको बैठक दुई मिनेट बसेर स्थगित भएको हो।

बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशसभामा गणपूरक संख्या नपुगेको भन्दै आपत्ति जनाएका थिए। उनले बैठकलाई स्थगित गर्न सभामुखसँग आग्रह समेत गरेका थिए।

त्यस्तै नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका थिए। उनले मन्त्रीहरुले आफ्नो कामको नाममा व्यस्त रहेको भन्नु प्रदेशसभा बैठकलाई बेवास्ता गर्नु रहेको आरोप लगाएका थिए।

त्यसपछि सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

आज बसेको बैठकमा १३ जना प्रदेश सांसदको मात्रै उपस्थिती रहेको थियो। बैठक संचालनका लागि २६ जना प्रदेश सांसदको उपस्थिती अनिवार्य भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell