PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उद्योगमा १२ घण्टा लोडसेडिङ भइरहँदा प्रचण्डको दाबी : मेरो सरकारले लोडसेडिङलाई इतिहास बनायो



पहिलोपोस्ट

उद्योगमा १२ घण्टा लोडसेडिङ भइरहँदा प्रचण्डको दाबी : मेरो सरकारले लोडसेडिङलाई इतिहास बनायो

काठमाडौं : बारा-पर्सा, विराटनगर र भैरहवा औद्योगिक क्षेत्रमा अहिले दैनिक १२ घण्टाको लोडसेडिङ छ। नेपाल विद्युत प्राधिकरणले आफ्नो ब्यालेन्स सीट बिग्रने भन्दै भारतबाट बिजुली किन्न रोकेका कारण औद्योगिक क्षेत्र अन्धकारमा छन्। 

तर पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने लोडसेडिङलाई इतिहास बनाएको दाबी गरेका छन्।

चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएको पूर्वी चितवन १३२/३३/११ केभी सवस्टेशनको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य भएको बताएका हुन्।

'विगतमा दैनिक १५/१६ घण्टाको लोडसेडिङको जटिल र चुनौतपूर्ण अवस्थामा रहेर प्रताडित थियौं। तर हामीले लोडसेडिङ आश्चर्यजनक रुपमा हटाएर त्यसलाई इतिहास बनाएका छौं। अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell