PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बक्यौता नबुझाउने तीन क्यासिनोको अनुमति रद्द, ९० करोड उठाउन बाँकी



पहिलोपोस्ट

बक्यौता नबुझाउने तीन क्यासिनोको अनुमति रद्द, ९० करोड उठाउन बाँकी

काठमाडौँः पर्यटन विभागले रोयल्टी र नवीकरण शुल्क नियमित नबुझाएको भन्दै तीनवटा क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ।

विभागले रक इन्टरनेशनल, ह्याप्पी हावर र ओरियन्टल होटल्स लिमिटेडले रोयल्टी र नवीकरण शुल्क नबुझाएको भन्दै अनुमतिपत्र रद्द गरेको जनाएको छ।

विभागले ती क्यासिनोहरुमा खेल सञ्चालनमा रोक लगाउन गृह प्रशासनलाई समेत पत्राचार गरेको छ। विभागले तीन क्यासिनो कम्पनीहरुलाई पाँच दिनभित्र बाँकी रकम दाखिला गर्न चैत १० गते निर्देशन दिएको थियो।

नवीकरण र बक्यौता बापतको रकम नबुझाएको भन्दै यसअघि ५७ दिनसम्मका लागि समय दिँदा पनि यी कम्पनी सम्पर्कमा नआएपछि पाँच दिने सूचना विभागले जारी गरेको थियो।

रकले ११ करोड ४५ लाख, ह्याप्पी आवरले २१ करोड ५५ लाख र ओरियन्टल होटलले १७ करोड ७६ लाख रुपैयाँ तिर्न बाँकी छ। तीनवटै क्यासिनो काठमाडौँका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell