PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

स्थानीय तहका उम्मेद्वारले के के गर्नुपर्छ स्वघोषणा?



पहिलोपोस्ट

स्थानीय तहका उम्मेद्वारले के के गर्नुपर्छ स्वघोषणा?

काठमाडौँः निर्वाचन आयोगले स्थानीय तहका उम्मेद्वारले मनोनयनका क्रममा गर्नुपर्ने स्वघोषणा सार्वजनिक गरेको छ। आयोगले वक्तव्य जारी गर्दै विभिन्न सात विषयमा स्वघोषणा सार्वजनिक गर्नुपर्ने उल्लेख गरेको छ। 

आयोगले उम्मेद्वारले गरेको स्वघोषणको जिम्मेवारी उम्मेदवार स्वयम हुनुपर्ने व्यवस्था पनि गरेको छ। 

वक्तव्य अनुसार उम्मेद्वारले सरकारी कोषबाट रकम लिए वा नलिएको, कुनै लाभको पद धारण गरे वा नगरेको घोषणा उम्मेद्वारले गर्नुपर्ने उल्लेख गरेको छ। 

यस्तै, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारबाट वा अनुदानप्राप्त संस्थाबाट पारिश्रमिक लिए वा नलिएको पनि स्वघोषणा उम्मेद्वार स्वयमले गर्नुपर्ने उल्लेख गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell