PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

जीतपुर सिमरा गोल्डकपः आयोजकलाई हराउँदै एनआरटी फाइनलमा



पहिलोपोस्ट

जीतपुर सिमरा गोल्डकपः आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

वीरगंज: आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पछि पार्दै एनआरटी फाइनलमा प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमउले एक गोल गरे। आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक–एक गोल गरेका थिए।

घरेलु टोलीले सानदार सुरुवात गरे पनि सम्हालिन नसक्दा पराजय ब्यहोर्न पुग्यो। पाचौं संस्करणको बिजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हावी हुन पुग्यो। खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरुङले टिमका लागि गोल गर्ने उत्कृष्ट अवसर गुमाए। सकल रेग्मीको क्रस बलमा डोनाले मिलाएको पासलाई मोहितले आकर्षक प्रहार गर्न सकेनन्। उनको प्रहार एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले बचाउ गरे। अग्रपंक्ती सम्हालेका मोहितले खेलको २०औं मिनेटमा अर्को अवसर खेर फाले। आयुश घलानले दिएको पासलाई मोहितले पोस्टको दिशा दिन सकेनन्। उनको प्रहार एआरटीका गोलरक्षक प्रदीपले नियन्त्रणमा लिए।

यता एनआरटीले पनि पहिलो हाफमा केही अवसर खेल फाल्यो। खेलको २६औं मिनेटमा रन्जन बिष्टले डिबक्स भित्र पाएको बल नियन्त्रणमा लिन सकेनन्। दर्शन गुरुङले दिएको आकर्षक अवसरलाई रन्जनले सदुपयोग गर्न चुकेका थिए। खेलको ३१औं मिनेटमा एनआरटीले आयोजकविरुद्ध अग्रता लियो। रन्जन बिष्टको पासमा स्टेफन समिरले गोल गर्दै टिमलाई अग्रता दिलाएका दिलाएका थिए। उनको गोलसँगै एनआरटीले पहिलो हाफ आफ्नो पक्षमा पारेको थियो।

खेलमा १–० ले पछि परेपछि दवाबमा देखिएको आयोजक दोस्रो हाफको सुरुवातदेखी लय समात्न प्रयत्नशिल देखिन्थ्यो। आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले एनआरटीविरुद्ध रणनिति परिवर्तन आफ्नो खेलाडीलाई निर्देशन गरिरहेका थिए। बलियो एनआरटीविरुद्ध आयोजकले खेलको ६५औं मिनेटमा बराबरी गोल फर्कायो। मोहित गुरुङको क्रस बललाई सदुपयोग गर्दै आयुश घलानले हेडमार्फत गोल गर्दै खेल १–१ को स्थितीमा पुर्‍याए।

आयुशले खेल बराबरीमा ल्याएपछि सिमरा रंगशालमामा उपस्थित करिब चार हजार दर्शक खुशीयाली मनाईरहेका थिए। आयोजकले गोल फर्काएपछि खेल रोमाञ्चक बन्न पुगेको थियो। आयुशको गोलले खेलमा फर्किएको आयोजक एनआरटीविरुद्ध आक्रामक बन्न पुग्यो। खेलमा लगातार अवसर सिर्जना गरेपनि आयोजकको फिनिसिङ पक्ष भने कमजोर रह्यो। तर, एनआरटीले खेल सकिन पाँच मिनेट बाकी रहदा दुई गोल गर्दै जित सहज बनाएको थियो। आयोजकको रक्षापंक्ती अल्मलिएको फाईदा उठाउदै खेलको ८५औं मिनेटमा मेसुकेले गोल गरे। लगत्तै खेलको ८७औं मिनेटमा स्टेफन समिरले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ को स्थितीमा पुर्‍याए।

अन्तिम समयमा लगातार गोल खान पुगेपछि आयोजक टोली स्तब्ध बन्यो। खेलको इन्ज्युरी समयमा एलन थापाले गोल गरेपनि टिमको हार टार्न सकेनन्। डिबक्सबाहिरबाट एलनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।

इन्जुरी समयमा आयोजक १० खेलाडीमा सिमित बन्न पुगेको थियो। आयोजकबाट खेलेका स्टार खेलाडी डोना थापाले इन्जुरी समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। वादविवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका हुन्। एनआरटीको जितमा महत्वपूर्ण दुई गोल गरेका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए। उनले पाँच हजार नगद हात पारे। प्रतियोगिता अन्तर्गत बिहीवार विभागीय टिम एपिएफ क्लब र बाग्मती युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell