PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

चुनाबमा गठबन्धन बनाएर नै अघि बढ्छौं : अध्यक्ष दाहाल



पहिलोपोस्ट

चुनाबमा गठबन्धन बनाएर नै अघि बढ्छौं : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी निर्वाचनमा गठबन्ध बनाएर नै अगाडि बढ्ने दावी गरेका छन्।

आज रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेपाली कांग्रेसको कार्य समितिको बैठकले पनि मिलेर नै अगाडि बढ्ने निर्णय गरिसकेकाले अबै गठबन्धमा कुनै दुविधा नभएको बताउँदै चुनावमा मिलेर अगाडि बढ्ने बताएका हुन्।

'गठबन्धकै रुपमा जाने भन्नेतिर नै हामी प्रष्टै छौं। नेपाली कांग्रेस कार्यसमितिले के गर्ला भन्ने थियो। कार्यसमितिको पनि करिबकरिब गठबन्धनलाई नै कायम राखेर जाने भन्ने भइसकेकपछि त्यसमा कुनै  द्विभिदा हामी भित्र छैन। हामी मिलेर नै जान्छौ,' अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले अहिले नेपालमा अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमा नै उपाय खोज्नु पर्ने बताएका थिए। नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नभइसकेकाले समयमा नै उपया अपनाउनु पर्ने अध्यक्ष दाहालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell