PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भारतमा १० दिनमा ९ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य



पहिलोपोस्ट

भारतमा १० दिनमा ९ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
Photo : Getty Images

भारतमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ। युक्रेन र रसियाबिचको युद्धको असरका कारण विश्वभर नै इन्धनको मूल्य बढिरहँदा भारतमा पनि त्यसको असर परेको हो।

एनडीटीभीका अनुसार १० दिनमा ९ पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो। १० दिनमा भारतीय ६ रुपैयाँ ४० पैसा इन्धनमा बढिसकेको छ। बिहीवार पेट्रोल र डिजेलमा ८०-८० पैसा प्रति लिटर बढाइएको छ। यससँगै दिल्लीमा पेट्रोलको मूल्य भारतीय १०१ रुपैयाँ ८१ पैसा र डिजेलको मूल्य भारतीय ९३ रुपैयाँ ७ पैसा पुगेको छ। राज्य अनुसार मूल्य सूची फरक छ।

भारतमा इन्धनको मूल्य बढिरहँदा त्यसको असर नेपालमा पनि परिरहेको छ। भारतबाट नेपाल आयात हुने तेलको मूल्य बढेर आउँदा पछिल्लो समय नेपालमा पनि इन्धनको मूल्य छिटोछिटो बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell