PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरु बढुवा भएका छन्।

सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो। चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्।

बढुवामा सिफारिस भएका डीआईजी पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिंह केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र धानुक कार्य एवम् अनुसन्धान विभागमा कार्यरत थिए। तीन जनालाई बढुवा सिफारिस गरेपछि असन्तुष्ट तीन जना डीआईजी गृहको निर्णय विरुद्ध निर्वाचन आयोगमा पुगेका थिए। तर, आयोगले गृहको सिफारिसलाई सदर गर्ने निर्णय गरेपछि सरकारले बढुवा गरेको हो।

फागुनको पहिलो साता सरकारले‍ नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको हो। हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ जना एआईजीको दरबन्दी छ। एआईजीमा हरिबहादुर पाल, प्रधुम्‍न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिकतर्फ डा. आशा सिंह कार्यरत छन्।

अब नेपाल प्रहरीमा एआईजीको संख्या ९ पुगेको छ। नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआईजी पुगेको रेकर्ड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell