PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फिल्म ‘शमशेर’मा हिमेश र सुमन अनुबन्धित



पहिलोपोस्ट

फिल्म ‘शमशेर’मा हिमेश र सुमन अनुबन्धित

काठमाडौं : फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन्। मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहेको फिल्ममा उनीहरू भित्रिएका हुन्।

हिमेश र सुमनको फिल्ममा कस्तो भूमिका हुन्छ भन्ने बारे खुलाइएको छैन। कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता समेत रहेका हिमेश यसअघि पनि फिल्म ‘वर एण्ड बधु’मा अनुबन्धित भइसकेका छन्।

एक्सन जनरामा बन्ने फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डीआर डेनिमको सहकार्यमा निर्माण गर्न लागेका हुन्। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्मको लागि मुख्य अभिनेत्रीको भने खोजी भइरहेको छ। फिल्मको छायाङ्कन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ।

फिल्ममा सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell