PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

कांग्रेस गठबन्धनकै पक्षमा छ, मिथ्या समाचारबाट सजग बनौं : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

कांग्रेस गठबन्धनकै पक्षमा छ, मिथ्या समाचारबाट सजग बनौं : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको बताएका छन्।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले दरबारमार्गमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको बताएका हुन्।

‘अहिले गठबन्धनको कुरा उठेको छ। हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ। यसमा दुईमत छैन। हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन,’ देउवाले भने।

उनले गठबन्धनमा रहेका अन्य दलका नेताहरुको सहयोगका कारण सरकार अझै सशक्त र एकतावद्ध भएर अघि बढ्ने समेत बताए।

‘वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ। उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकतावद्ध रुपमा अघि बढाउने छौं। गठबन्धन अगाडि बढ्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु। अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरुको हो, भाग्ने काम होइन नि। हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौं,’ उनले भने।

देउवाले पछिल्लो समय मिथ्या र भ्रामक समाचार बढ्न थालेको सबै ठाउँमा शंका उत्पन्न गराउने भएको समेत बताए। उनले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल आवश्यक हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell