PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

तालमेलका लागि तीनै तहमा संयन्त्र गठन गर्ने सत्ता गठबन्धनको निर्णय



पहिलोपोस्ट

तालमेलका लागि तीनै तहमा संयन्त्र गठन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्न सयन्त्र गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागी बैठकले तालमेलबारे निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकरी दिए।

यस्तै गठबन्धनले सत्ता गठबन्धन भित्र मात्रै चुनावी तालमेल गर्ने पनि निर्णय गरेको छ। 'केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको छ,' मल्लले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell