PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

हेटौंडामा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु



पहिलोपोस्ट

हेटौंडामा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु

काठमाडौं : हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ। मृत्युहुनेको विवरण खुल्न सकेको छैन।

वाग्मती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका करिब ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell