PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पदोन्नतीको विषयलाई लिएर तीन डीआईजी सर्वोच्चतिर



पहिलोपोस्ट

पदोन्नतीको विषयलाई लिएर तीन डीआईजी सर्वोच्चतिर

काठमाडौं : आज सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरुको बढुवाको विषय अदालतमा पुगेको छ।

बढुवाबाट असन्तुष्ट बनेका दुई जना डीआईजीले अदालतमा निवेदन  दिने भएकाका हुन्। । त्यस्तै, अर्का डीआईजी इश्वरबाबु कार्की पनि अदालत जाने तयारीमा छन्।

'म पनि निवेदन लेख्दैछु। चाँडै अदालत जाने तयारीमा छु,' डीआईजी कार्कीले भने।

सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो। चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह र धानुकले क्रमशः ७३ दशमलव १ र ७१ दशमलव ५८ प्राप्त गरेका हुन्।

तीन जनालाई बढुवा सिफारिस गरेपछि आकांक्षी रहेका तीन जना डीआईजी असन्तुष्ट भएका हुन्। उनीहरुले गृहको निर्णय विरुद्ध निर्वाचन आयोगमा पुगेका थिए। तर, आयोगले गृहको सिफारिसलाई सदर गर्ने निर्णय गरेपछि सरकारले बढुवा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell