PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

मौसम पूर्वानुमान : अझै तीन दिन बदली रहने



पहिलोपोस्ट

मौसम पूर्वानुमान : अझै तीन दिन बदली रहने

काठमाडौं : तीन दिन देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले तीन दिनसम्म देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

आज राति प्रदेश नं १ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम  सफा रहने अनुमान छ। प्रदेश १ का पहाडी भागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा मेघगर्जनसहित चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशको पहाडी भागमा सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव १ डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell