जनकपुरधाम : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशमा एमाले प्रवेशको लहर चलेको बताएका छन्। बिहीवार जनकपुर पुगेका पोखरेलले विमानस्थलमा आयोजित अन्तर्क्रिया कार्यक्रममा पार्टीको मन भन्दा जनता र कार्यकर्तालाई साथमा लिएर बलियो एमालेको सरकार नै जनताको अपेक्षा रहेको बताएका हुन्।
पोखरेलले एमालेले विकास र समृद्धिको मुद्दा लिएर गरिबी र बेरोजगारी समस्या हल गर्दै मुलुकको नाटकीय परिवर्तनका लागि विकास निर्माणलाई प्राथमिकता दिने समेत बताए।
भने, ‘एमालेमा प्रवेशको लहर छ। जनताले एमालेको सरकार खोजेको छ। एमालेले सरकारको नेतृत्व गर्छ। विकास र निर्माणका लागि नाटकीय परिवर्तन आउनेछ।’
उनले अबको निर्वाचनमा एमालेको मुख्य एजेण्डा ‘विकास र समृद्धि , गरिबी र बेरोजगारीको अन्त्य’ रहेको समेत बता। विगतमा एमालेप्रति मधेशमा सामन्ती मनोवृत्तिको थलो रहेकाले भ्रम छर्ने र अफवाह फैलाउने कार्यलाई विफल पार्न सफल भएको उनले बताए ।
