PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सार्वजनिक भयो 'परदेशको पसिना'



पहिलोपोस्ट

सार्वजनिक भयो 'परदेशको पसिना'

काठमाडौं : वैदेशिक रोजगारी र रेमिट्यान्सका अर्थ सामाजिक आयामहरुलाई समेटेर तयार भएको पुस्तक परदेशको पसिना सार्वजनिक भएको छ। लेखक तथा पत्रकार यज्ञशले सम्पादन गरेको पुस्तक परदेशले वैदेशिक रोजगारीका विविध पाटाबारे विश्लेषण गरेको छ। 

वैदेशिक रोजगारी पछिल्ला वर्षहरुमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पार्ने क्षेत्र हो। नेपाली समाज र अर्थतन्त्र दुवैको दिशानिर्देश समेत यस क्षेत्रले गरेको छ।  

किताब पब्लिसर्सले बजारमा ल्याएको यो पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको महत्त्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ।

विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीसमेत गरेर मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाले सातवटा लेख तयार गरेका छन्। तिनै लेखहरु पुस्तकमा समेटिएका हुन्। 

‘देशको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा एक चौथाई योगदान भएको, मानव विकास सूचकांकलगायतका सामाजिक-आर्थिक विकासमा ठूलो योगदान भएको र देशमा विकराल बेरोजगारी समस्यालाई निकास दिने वैदेशिक रोजगारीका धेरै आयामबारे चर्चा हुनुपर्नेजस्तो लाग्छ,’ पुस्तकबारे सम्पादक यज्ञशले भने, ‘यो पुस्तकमा यसबारे केही तथ्यपरक विश्लेषणको प्रयास गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell