
काठमाडौं: एएफसी एसियन कप क्वालिफायर्सका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
क्वालिफायर्समा नेपाल समूह ए मा छ। नेपाल रहेको समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन्। छनोटमा छ वटा समूह छन्। हरेक समूहमा चार टोली छन्। हरेक समूहका शीर्ष टोली र दोस्रो स्थानमा रहेका पाँच टोलीले एएफसी एसिया कप २०२३ मा स्थान बनाउने छन्।
नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ। जोर्डन र कुवेतसँग यसअघिको चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ। क्वालिफायर्सका सबै खेल कुवेतमा हुनेछ। फिफा वरीयताका हिसाबले हेर्दा जोर्डन ९१ औं स्थानमा, कुवेत १४६ औं स्थानमा र इन्डोनेसिया १५९ औं स्थानमा छन्। नेपाल भने १६८ औं स्थानमा छ।
नेपाली टोलीको बन्द प्रशिक्षण अप्रिल १५ बाट सुरु हुनेछ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
किरणकुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ती मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ