PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एएफसी कपको प्रिलिमिनरी राउण्डमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्न नेपाल आइपुग्यो ब्लु स्टार क्लब

एएफसी कपको प्रिलिमिनरी राउण्डमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्न नेपाल आइपुग्यो ब्लु स्टार क्लब

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एएफसी कपको प्रिलिमिनरी राउण्डको खेल खेल्न श्रीलंकन क्लब ब्लु स्टार नेपाल आइपुगेको छ। नेपाली लिग शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र क्लबसँग भिड्न आज ब्लुस्टार नेपाल आइपुगेको हो।

मछिन्द्र क्लब र ब्लुस्टार अप्रिल ५ मा दशरथ रंगशालामा आमनेसामने हुनेछन्। मछिन्द्रले उक्त खेल जितेको खण्डमा अप्रिल १२ मा भारतीय क्लब एटीके मोहन बगानसँग कोलकतामा खेल्नेछ। उक्त खेलको विजेताले एएफसी कपको समूह चरणमा स्थान बनाउने छ। अर्थात समूह डीमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्ससँग खेल्नेछ।

अघिल्लो सिजन लिग बिजेता बनेर पनि मछिन्द्र क्लबले एएफसी कपको छनोट खेल्ने अवसर पाएको थिएन। त्यसबेला नेपालमा एएफसी लाइसेन्स भएको एकमात्र क्लब त्रिभुवन आर्मी फुटबल क्लब थियो। लिगमा उपविजेता भएर पनि आर्मीले एएफसी कपको छनोट खेल्ने अवसर पाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell